माग पूरा नभएसम्म आचार्यको अन्तिम संस्कार नगर्ने परिवारको अडान

१३ माघ, काठमाडौं । आत्मदाह गरी मृत्यु भएका प्रेमप्रसाद आचार्यको परिवारले माग पूरा नभएसम्म अन्तिम संस्कार नगर्ने भएका छन् ।

सरकारले परिवारको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता नजनाएसम्म टिचिङ अस्पतालबाट शव नउठाउने र अन्तिम संस्कार नगर्ने परिवारका सदस्यले शर्त राखेका छन् ।

frontline

आचार्यका परिवारले आज १० बुँदे माग राखी गृहमन्त्री रवि लामीछानेलाई भेट्ने भएका छन् । उनीहरूले गृहमन्त्रीको कार्यालय सिंहदरबारमा साढे १२ बजे भेटी १० बुँदे माग राख्ने भएका हुन् ।

आचार्यले मंगलबार काठमाडाैंकाे नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आफैँमाथि आगाे लगाएका थिए । उनकाे उपचारका क्रममा बुधबार कीर्तिपुर अस्पतालमा मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here