माकलबारी सानोपुल क्षेत्रमा बागमती नदि सरसफाई

शुक्रबार बिहान गोकर्णेश्वर ८ स्थित माकलबारी सानोपुलको बागमती नदि सरसफाई गरिएको छ । उक्त कार्यमा माकलबारी टोल सुधार समिती, प्रगती महिला समुह तथा लायन्स क्लबका सदस्यहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।

उपत्यकामा कोरोना बढ्दै गएको अवस्थामा पनि भौतिक दूरी कायम गरेर सरसफाई गरिएको छ।सफाइमा जम्मा भएको कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको आयोजकले जनाइएको छ ।

frontline

महामारी फैलिए पनि मानिसमा सफाइप्रतिको सचेतना नबढेको तथा नदिमा फोहोरफाल्ने प्रबित्ति नरोकिएको बताउदै फोहरले कोरोना लगायत अन्य रोगव्याधि पनि बढ्ने भएकाले सरसफाई गरिएको पनि आयोजकले जनाएको छ । अबको आवश्यकता भनेको नदीनाला सफा र सुन्दर बनाउने अभियानमा मात्र हामी सिमित हुनु हुँदैन ।

हाम्रो वरिपरीको सबै क्षेत्रमा फोहोर हुन नदिन बैकल्पिक योजना आवश्यकता भएको अभियन्ताहरु बताउछन । अहिलेको समयमा कोरोनाको कारण विश्व महामारीको प्रकोपलाई झेल्दै छ ।

कोरोनाले मनुष्यलाई व्यक्तिगत सरसफाईप्रति पूर्ण व्यवहारिक ज्ञान दिन सफल भएको अभियन्ताको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here