माओवादीका तीन नेतालाई कोरोना संक्रमण, प्रचण्डसहित अधिकांश नेताहरु ‘आइसोलेसन’मा

फाइल तस्बिर।

२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन जना नेतालाई कोरोना संक्रमण भएको छ। कोरोना परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको माओवादीका एक नेताले जानकारी दिए।

‘मलाई पनि कोरोना देखिएको छ। अवस्था भने सामान्य नै छ। घरमा आराम गरिरहेको छु,’ उनले भने।

frontline

माओवादी नेताहरुलाई कोरोना संक्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीका अधिकांश नेताहरु ‘आइसोलेसन’मा रहेका छन्।

प्रचण्डका स्वकीय सचिव गंगा दाहालले प्रचण्डका निर्धारित सम्पूर्ण भेटघाट स्थगित गरेको बताएकी छन्।

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं ।

यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ,’ उनले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here