माओवादी केन्द्रले जीत हासिल गरेकाे ३० मध्ये ८ पालिका

१ जेष्ठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा हालसम्म ८ वटा पालिकामा जित हासिल गरेको छ । हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका ३० पालिकामध्ये माओवादी केन्द्रले ८ पालिकामा जित हासिल गरेको हो ।

जगदुल्ला
माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँ पालिकाबाट विजयी सुरुवात गरेको हो । पालिका अध्यक्ष, उपाध्यक्ष नै माओवादीले जीत निकालेको छ । पालिकाको अध्यक्षमा नारासिंह रोकाया ७ सय ७० मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा पनि अमरिता बोहरा ७५९ मत ल्याएर विजयी भइन।

frontline

नौमुले
दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकालेका हुन्।

अपि हिमाल

दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) विजयी भएका हुन् ।

बाग्लुङको ताराखोला
बाग्लुङको ताराखोला गाउँपालिकामा माओवादी विजयी भएको छ। तारा खोलामा माओवादीका धन बहादुर विक विजयी भएका छन् ।

लिम्चुङबुङ
उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी विजयी भएको छ । माओवादीका मेजरकुमार राई पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

जन्ते ढुंगा
खोटाङको जन्ते ढुंगा गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादीकी अरुणादेवी राईले निवर्तमान अध्यक्षसमेत रहेका एमालेका शंखरबहादुर राईलाई पराजित गरेकी हुन्।

रोल्पाको थवाङ
रोल्पाको थवाङमा नेकपा माओवाद केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष उम्मेदवार ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन्।

दार्चुलाको नौगाड
दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। गठबन्धनको तर्फबाट धामीले ३ हजार ५८९ मत ल्याएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here