माओवादी केन्द्रको महाधिवेशन थप एक दिन लम्बिने

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन थप एक दिन लम्बिने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेपछि महाधिवेशन लम्बिने भएको हो ।

frontline

यसअघि महाधिवेशन मिति पुस ११ देखि १५ गतेसम्म तोकिएको थियो। माओवादी केन्द्रको महाधिवेशनमा प्रतिनिधिहरुको आजदेखि समूहगत छलफल सुरु भएको छ।

माओवादी केन्द्रले राजनीतिक प्रतिवेदन र  विधान मस्यौदाको छलफलका लागि २५ समूह बनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here