माओवादी कार्यकर्ताद्वारा हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

फाइल तस्बिर

२० कात्तिक, सर्लाही । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका हुन् ।

frontline

सर्लाहीकी बलमाथपि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।

पौडेललाई ईलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरे पनि शनिबार पौडेल छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here