माओवादी–एमाले द्वन्द्ध चर्किदै गर्दा कांग्रेसलाई हाइसञ्चो, टिक्ला त सरकार ?

 कुनैबेला सत्तोसरापदेखि पार्टी एकता गरेर एउटै पार्टीको नेतृत्व गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विवाद र जुहारी चलिरहेको छ । 

कांग्रेससँग सत्ता नेतृत्व लिन सहज नठानेपछि एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले गठबन्धन फेर्नेक्रमलाई निरन्तरता दिए । त्यसपछि एमालेले प्रचण्डलाई जिल्याउदै सत्ता नेतृत्व लिएपछि एमाले र माओवादीबीचको विवाद फेरि उत्कर्षमा छ । 

frontline

पार्टी एकतादेखि सत्ता नेतृत्वसम्म सहकार्य र विछोडका रोचक घटनामा जोडिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीचको सम्बन्ध तीतो धेरै मिठो थोरै हुनेमा पर्छ । पार्टीको अध्यक्षमा कुर्सी सेयरदेखि दुई तिहाईको नेतृत्वमा पुग्दा पनि आन्तरिक कलहमा फसेर छुट्टिएका प्रचण्ड ओली अहिले सत्ता र प्रतिपक्षीको हैसियतमा छन् । 

सत्ता र प्रतिपक्ष संसदीय अभ्यासमा सामान्य हुने भएपनि उनीहरु एकअर्काप्रतिका आक्रोश पोख्नमा समय व्यतित किन गर्छन ? यो आमचासोको विषय बनिरहेको छ । यस्तोमा केहि दृश्टान्तले नै पछिल्लो समय माओवादी केन्द्र र एमालेबीचको विवाद र जुहारीलाई उजागर गर्छ । 

हेरौं यस्ता केहि तथ्यहरुः

एमाले संस्थागत रुपमै माओवादी केन्द्रविरुद्ध खनिन थालेको छ । एमालेका नेताहरुले माओवादीको अस्थित्व नै सकिएकोदेखि अब माओवादीबिहीन राजनीति चल्ने जिकिर समेत गर्न थालेका छन । पूर्वमन्त्री तथा एमाले नेता पार्वत गुरुङले माओवादी अब सक्किएको जिकिर गरिदिएका छन् । 

यसरी नै  एमाले महासचिव शंकर पोखरेल पनि माओवादीविरुद्ध विष वमनको अग्रपंक्तिमा छन् । नेता पोखरेलले ठूला दलबाटै जनताले सुधारको अपेक्षा गरेका छन भन्दै कांग्रेस एमाले मिलेको र त्यो सन्देश दिन सफल भएको भन्दै माओवादीको अस्थित्वमाथि प्रश्न गरिरहेका देखिन्छन् । 

एमालेले संस्थागत रुपमै प्रहार गरेपनि माओवादीले पनि आक्रोश र ओलीविरुद्ध सरकारलाई केन्द्रमा राखेर विरोध गरिरहेको छ । ओली नेतृत्वको सरकारले निरंकुशता, अराजकताका कसरत गर्न थालेको माओवादीको आरोप छ । 

माओवादीले सरकारमाथि आक्रोश पोखिरहँदा एमाले पनि ३२ सिटको राज अन्त्य गर्न कांग्रेससँगको सहकार्यलाई जोड दिइएको जिकिर गरिरहेको छ । 

एमालेको यस्तो प्रष्टीकरणपछि माओवादी केन्द्रले पनि राम्रो काम गर्नेलाई छानीछानी हटाउने काममा ओली नेतृत्वको सरकार लागेको आरोप लगाइरहेको छ । भने भ्रष्टाचारविरुद्धका अभियान चलाएकै कारण सरकारबाट बाहिरिनुपरेको दाबी पनि गरिरहेको देखिन्छ । 

सरकार र ओलीविरुद्ध आक्रामक देखिएको माओवादी केन्द्रमाथि प्रधानमन्त्री केपी ओलीले पनि प्रहार भने गरिरहेका छन् । समाजमा अराजकता फैलाउने, राष्ट्रिय एकता भाँड्ने काम गर्न थालेको आरोप लगाउदै ओलीले ठेगान लगाउने चेतावनी दिइरहेका छन् । 

https://www.youtube.com/embed/wl_o6bczFwY?si=PjyMybLEE8-jRocmआरोप प्रत्यारोप र विवाद चलिरहँदा प्रचण्डले जनताका पक्षमा काम नगर्ने हो भने जे पनि हुनसक्ने चेतावनी दिन्छन् । तर, सरकारलाई अहिले नै गलहत्याउने पक्षमा नरहेको भन्दै रोष प्रकट पनि गर्छन् । 

विवाद चलिरहँदा यतिमै नरोकिएका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई हतियारको दम्भ नदेखाउन चुनौति समेत दिइरहेका छन् । 

उसोतः सरकारको सय दिन नपुग्दै आक्रोश पोखेका प्रचण्डले सय दिनको कामले नै सरकार असफलतातर्फ गएको दाबी गरिसकेका थिए । यसको प्रष्ट सन्देश थियो, ओली देशको नेतृत्व गर्न सक्दैनन भन्ने । 

यसरी एमाले माओवादी केन्द्रबीचको विवाद लम्बेतान बनिरहेको छ । तर, माओवादी केन्द्र कांग्रेसप्रति खास आक्रामक भने सुनिन्न । यता, कांग्रेस पनि माओवादीपरति सद्बाव नै राख्न प्रयास गरिरहेको देखिन्छ ।

सरकार के होला ?

सरकार ढल्ने हल्ला नेपालको राजनीतिमा सामान्य विषय जस्ता बनिरहेका छन् । तर, पछिल्लो समय केपी ओली नेतृत्वको सरकार पनि लामो समय नजाने हल्लाहरु व्यापक बन्दे गएका छन् । तर, उपचुानवमा कांग्रेस एमालेले गरेको सहकार्यदेखि अन्य विषयलाई हेर्दा तत्काल यस्तो सम्भावना देखिन्न । तर, ओलीको चीन भ्रमणको तयारी र त्यसको जिम्मा पाएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाको मनस्थितिले केहि नराम्रो संकेत त गर्दैन भन्ने आशंका उव्जिएको छ । 

ओलीको चीन भ्रमणबारे छलफल गर्न भन्दै डाकिएको प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा आरजुले समय अभाव भन्दै स्थगित गरिदिएको बैठकले पनि केहि नयाँ घटनाक्रम विकास हुने त होइनन भन्ने चिन्ता भने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here