माईतीघरमा शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन

श्रोत : ईन्टरनेट

काठमाण्डु । काठमाण्डुको माईतीघरमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुतला दहन गरिएको छ ।

सञ्चारकर्मी रुपा सुनारको जाहेरीको आधारमा असार ६ गते पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ स्वयं गएपछि उनको पुत्ला दहन गरिएको हो ।

frontline

माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, जातिवादी राज्यसत्ता मूर्दावाद लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रहरीले पुत्ला खोसेर उनीहरुलाई तितरबितर पारेको थियो ।

दलित भएकै कारण काठमाण्डु महानगरपालिका–११ बबरमहलकी घरबेटी प्रधानले आफूलाई कोठा दिन अस्वीकार गरेको आरोप लगाउँदै रुपाले असार ३ गते जाहेरी दिएकी थिइन्।

बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवार परिसरमा पुगेपछि मन्त्री श्रेष्ठको चर्को आलोचना सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here