महोत्तरीमा गाडीको ठक्करबाट बालिकाको मृत्यु

२२ माघ, जनकपुरधाम । महोत्तरीमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाकी ४ वर्षीया अंशु कुमारी सहनी छन् ।

frontline

आइतबार लोहारपट्टीबाट जनकपुरधामतर्फ जाँदै गरेको बा १२ च ५९२४ नम्बरको गाडीको ठक्करबाट सडक पार गर्दै गरेकी बालिकाको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोषकुमार पोखरेलले जानकारी दिए ।

बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here