महोत्तरीका दुई पालिकामा सामुदायिक विद्यालयमा जाडो बिदा

सान्केतिक तस्बिर

१८ पुस, महोत्तरी । बाक्लो हुस्सु र शितलहरले गर्दा बालबालिकालाई विद्यालयसम्म आउन समस्या भएपछि महोत्तरीका दुई पालिकाले सामुदायिक विद्यालयमा जाडो बिदा दिइएको छ। रामगोपालपुर र मनरासिस्वा नगरपालिकाको कार्यालयले पुस १७ देखि २२ सम्म सामुदायिक विद्यालयमा बिदा दिइएको हो।

मनरासिसवाका २६ सामुदायिक विद्यालयमा १२ हजार र रामगोपालपुर नगरपालिकाका १८ सामुदायिक विद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी छन्।

frontline

चिसो बढेपछि दुवै नगरपालिकाको करिब २२ हजार स्कुले विद्यार्थी बिरामी पर्न थालेपछि बिदा दिनुपरेको दुवै नगरपालिकाको कार्यालयले सार्वजानिक सूचना जारी गरी विद्यालयमा बिदा दिइएको जनाएका छन्।

मनरासिसवा नगरपालिका प्रमुख मोहन पाण्डेले विद्यालय शिक्षक एवं प्रधानाध्यापकको परामर्शमा खर्च हुन बाँकी रहेको बिदाबाट कट्टा हुने गरी ६ दिन जाडो बिदा दिइएको बताए।

रामगोपालपुरका प्रमुख रामदुलार साहले पनि मौसमी प्रतिकूलता, विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि प्रधानाध्यापक र स्वास्थ्यकर्मीको परामर्शमा बिदा दिइएको बताए।

यता शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका एकाइ प्रमुख भरतबाबु सुवेदीका अनुसार महोत्तरीका १५ स्थानीय तहका ३२३ सामुदायिक विद्यालय भए पनि यी दुई पालिकाबाहेक अन्य पालिकामा पठनपाठन नियमित रहेको जनाईएको छ ।

जाडोले बच्चामा निमोनिया, क्रोनिक कफ, रुघाखोकी, स्वासप्रस्वास, हाडजोर्नीजस्ता बिरामीको सङ्ख्यामा वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here