महिलालाई दुर्व्यवहार गर्ने सुर्खेतका तीन धामी र पुजारी एक/एक लाख धरौटीमा छुटे

२४ पुस, सुर्खेत । महिलालाई दुर्व्यवहार गर्ने सुर्खेतका तीन जना धामी र पुजारी एक/एक लाख धरौटीमा छुटेका छन् ।

सुर्खेत जिल्ला अदालत निर्णयअनुसार उनीहरू धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

frontline

पुस ६ गते कूलपूजाको बेलामा एक महिलालाई खुट्टाको पैताला चटाउँदै अमानवीय व्यवहार गरेको आरोपमा सुर्खेत वीरेन्ऽनगर नगरपालिका-११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका-८ का मिलन ज्ञवालीलाई पक्राउ परेका थिए ।

उनीहरूले महिलामाथि दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएपछि प्रहरीले प्रतिवेदन तयार गरी मानव अधिकारकर्मी र महिला अधिकारकर्मीको सहयोगमा मुद्दा दर्ता गराएको थियो ।

अनुसन्धानपछि प्रहरीले सरकारी वकिलमार्फत पुस १६ गते उनीहरुलाई अदालतलमा बुझाएको थियो ।

पुस ४ गते सुर्खेतको लेकवेशी नगरपालिका-४ दशरथपुरमा ज्ञवाली परिवारको कूल पूजामा आएकी बाँके खजुराकी महिलामाथि उनीहरुले दुर्व्यवहार गरेका थिए ।

सार्वजनिक भिडिओका आधारमा उनीहरूमाथि मुद्दा चलाइए पनि पीडित भनिएकी महिलाले भने जाहेरी नै दिन मानेकी थिइनन् ।

उनले प्रहरीसँगको सोधपुछका क्रममा आफूमाथि दुव्यर्वहार नभएको बयान दिएकी थिइन् ।

यो घटनामा पीडित भनिएकै महिलाकै माइतीघरमा भएको कूलपूजाका क्रममा शरीरमा देउता चढेको निहुँँमा तीन जना पुरूषहरूले उनीमाथि अमानवीय व्यवहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here