महिलाको चरित्रहत्या गर्ने व्यक्तिहरु पक्राउ

साइबर ब्यूरोद्वारा विभिन्न चार युट्युव च्यानलका सञ्चालकलाई पक्राउ

काठमाडौं । युट्युव च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडिओ, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले विभिन्न चार युट्युव च्यानलका सञ्चालकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यी च्यानलमार्फत महिलाको तस्वीरसहित चरित्रहत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई पीडितप्रति घृणा र द्वेष फैलाउने सामग्रीहरु प्रसारण भएको थियो ।

frontline

आरोपित युट्युवरले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले काठमाडाैं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बुधबार पक्राउ गरिएको ब्यूराेले जनाएकाे छ ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले पक्राउ परेका युट्युवरमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीले ‘दैनिक खबर’ युट्युव च्यानलका सञ्चालक प्रदिप भण्डारी, ‘हरेक पलको खबर’ युट्युव च्यानलका सञ्चालक शिशिर अधिकारी, ‘सारैचुली मिडिया’ युट्युव च्यानलकी सञ्चालक पिंकला कार्की र ‘मोडर्न अनलाइन टिभी’ युट्युव च्यानलका सञ्चालक रोधन तमाङलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here