महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
२७ जेठ, काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रचण्ड भोलि स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्