महालक्ष्मीमा “नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रमको दोस्रो चरणको अभिमुखीकरण कार्यक्रम” सम्पन्न

फ्रन्टलाइन, ललितपुर । महालक्ष्मी नगरपालिका ललितपुरमा “नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रमको दोस्रो चरणको अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा हाल सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चिरञ्जीवी पौडेल, कृषि विकास, पशु सेवा, प्रशासन र श्रम तथा रोजगार शाखा प्रमुखहरू सहित नगरपालिकाका कर्मचारीहरू, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी वेद लावती र कार्यक्रम अन्तर्गत छनौट भएका १६ सहभागीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले छनौट हुनुभएका सम्पूर्ण उद्यमीहरुलाई बधाई तथा सफल उद्यमी बन्न शुभकामना दिनुको साथै उद्यमशीलताको विकासमा नगरपालिकाको सोच र हाल सम्मको प्रयास सम्बन्धी जानकारी प्रदान गर्नुभयो । उहाँले सम्पूर्ण उद्यमीहरुलाई नगरपालिकाले बैंकमार्फत निब्र्याजी प्रारम्भिक पुँजीका साथै आवश्यकता अनुसारका प्राविधिक सहयोगसमेत उपलब्ध गराइने बताउनुभयो ।
यस्तै कार्यक्रममा सहभागि उद्यमीहरूले आफूले गर्न चाहेको उद्यमबारे संक्षिप्त जानकारी गराए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत प्रदान गरिने प्रारम्भिक पुँजी लगानी र किस्ता बुझाउने तरिका र विधि सम्बन्धमा सहभागीहरूलाई अभिमुखीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here