महालक्ष्मीमा ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य सेवा सुभारम्भ कार्यक्रम सम्पन्न ।

फ्रन्टलाइन देश, असोज १५ । ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा “बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा” भन्ने नाराका साथ बिहिबार ललितपुरको महालक्ष्मी नगरपालिकाले “ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रम” सम्पन्न गरेको छ । एक विशेष समारोहमा सम्पन्न सो कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ हेमकुमारी विष्टको विशेष आतिथ्यता रहेको थियो भने सभापतित्व नगरप्रमुख रामेश्वर श्रेष्ठले गर्नुभएको थियो ।
यस्तै सो कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका अधिकृत, स्वास्थ्यकर्मी, करिब ४० जना ज्येष्ठ नागरिक र संचारकर्मी एवम् सुरक्षाकर्मीको उपस्थिती रहेको थियो ।
मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मीहरूबाट त्यहाँ उपस्थित ज्येष्ठ नागरिकहरुको रक्तचाप, मधुमेह, नाडीको गति, अक्सिजन लेभल लगाएतका सामान्य स्वास्थ्य परीक्षण पश्चात आवश्यक औषधी वितरण गरी ज्येष्ठ नगारिक स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरिएको छ ।
कार्यक्रममा उपस्थित सम्पुर्ण ज्येष्ठ नागरिकहरूलाई खादा र कम्वल वितरण गरी नगरप्रमुख र उपप्रमुखले सम्मान गर्नुभयो ।


कार्यक्रमबारे आफ्नो भनाई राख्दै नगर प्रमुख श्रेष्ठले “बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा“ भन्ने नाराका साथ ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुका लागि प्रत्येक महिना घरदैलोमै गई रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिने भन्ने महालक्ष्मी नगरपालिका ललितपुरको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम बमोजिम ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम शुभारम्भ भएको बताउनुभयोे ।
यस्तै कार्यक्रमको मर्म र उद्देश्यमाथि उपप्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत सापकोटा, वडाध्यक्ष लगायतले आ आफ्नो भनाई राख्नुभयो ।
यो कार्यक्रमसंगै अब महालक्ष्मी नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अन्तर्गत नगरका हरेक महिना घरदैलोमै गई प्रत्येक ज्येष्ठ नागरिकहरूको रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गर्ने गरी महालक्ष्मी नगरपालिकाको नियमित स्वास्थ्य सेवाका रूपमा सञ्चालन गरिने बताइएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here