महाराष्ट्रमा सरिया बोकेको ट्रक पल्टिँदा १३ मजदुरको मृत्यु

शनिबार, नयाँदिल्ली । भारतको महाराष्ट्र प्रदेशस्थित बुलढाणामा सरिया बोकेको मालवाहक ट्रक पल्टिँदा १३ मजदुरको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो २ बजे हिन्दू हृदय सम्राट बालासाहेक हाइवेमा सो दुर्घटना भएको थियो ।

frontline

दुर्घटनामा परी १३ मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

मृतक १३ मजदुरहरु महाराष्ट्र प्रदेश खरगोन गाउँका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार हाईवेमा निर्माणाधीन पुलमा कार्यरत सबै मजदुर सरिया बोकेको ट्रकमाथि सवार थिए । ट्रकले सोही निर्माणधीन पुलको लागि सरिया बोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here