महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा बुधबार अस्थायी रूपमा विद्युत आपूर्ति बन्द हुने भएको छ।

प्राधिकरणका अनुसार फिडरहरूको लोड व्यवस्थापनका लागि नयाँ पासिकोट फिडर निर्माण, ब्रेकर तथा अन्डरग्राउण्ड (युजी) केबल चार्ज गर्ने कार्य, साथै चावहिल सव–स्टेशनबाट सञ्चालित सुकेधारा फिडरको लोड १३२÷११ चपली सव–स्टेशनको भंगाल फिडरमा सिफ्ट गर्नुपर्ने भएकाले विद्युत आपूर्ति रोक्न लागिएको हो।

frontline

यस अनुसार आज बिहान ११ः३८ बजेदेखि दिउँसो १ः०० बजेसम्म गणेशस्थान फिडर अन्तर्गत भोटेचोक, गणेशचोक आसपासका क्षेत्र तथा भंगाल फिडर अन्तर्गत तल्लो भंगाल र धोबीखोला कोरिडोर आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द रहनेछ।

त्यसैगरी, शिवपुरी फिडर अन्तर्गत बूढानीलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोल लगायतका क्षेत्रमा दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित कार्य समयभन्दा अगावै सम्पन्न भएमा विद्युत आपूर्ति समयअघि नै पुनः सुचारु गरिने नेपाल विद्युत प्राधिकरणले स्पष्ट पारेको छ। विद्युत आपूर्ति बन्द हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here