महान्यायाधिवक्ता खरेलद्धारा राजीनामा, फेरी सक्रिय राजनीतिमै फर्किने
फ्रन्टलाइन खबर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता खरेलले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी राजीनामा बुझाउनुभएको हो । खरेल २०७४ साल फागुनमा महान्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो । राजीनामाको विषयमा खरेलले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी जानकारी दिने बताइएको छ । स्रोतका अनुसार महान्यायाधिवक्ताबाट राजीनामा दिएका खरेल सक्रिय राजनीतिमा आउने तयारीमा रहनुभएको छ ।
झापाको गौरादहका खरेल नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुनुनुहुन्छ । आगामी संसदीय निर्वाचनमा चुनाव लड्ने तयारी स्वरुप खरेलले प्रधानमन्त्री ओली र दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग सल्लाह गरेर राजीनामा दिएको स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्