महाअभियोग सिफारिस समितिमा प्रधानन्यायाधीश जबराले समिति र संसदमाथि नै गरे प्रश्न

फाइल तस्बिर

१६ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिमा उपस्थित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समिति र संसदलाई नै प्रश्न गरेका छन् ।

बिहीबार बसेको बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे सोधिएको थियो ।

frontline

लामो जवाफ दिएका जबराले प्रक्रियागत जवाफ दिएका थिए । समितिका सदस्य मीन विश्वकर्मा भन्छन्, ‘घरिघरि समितिलाई नै प्रश्न गर्ने, संसदलाई नै प्रश्न गर्ने शैलीमा जानुभयो ।’

झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ । महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक १९ गतेलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here