महाअभियोग समितिले प्रधानन्यायाधिश जबरासँग आज बयान लिंदै

फाइल तस्बिर

१५ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग आज बुधबार बयान लिंदैछ ।

प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले राणासँग बुधबार बयान लिन लागको हो ।

frontline

महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टका अनुसार महाअभियोगमा लागेका आरोपबारे राणाले बयान दिनुहुने छ ।

समितिले एक साता अघि नै पठाएको पत्र राणाले बुझिसक्नु भएको छ । बुधबार ११ बजेदेखि बयान लिन सुरू गरिने समितिले जनाएको छ ।

न्यायालयमा बिचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबण्डा खोजेको लगायतका अभियोग राणामाथि लगाइएको छ ।

महाअभियोग अनुमोदन हुन भने संसदको दुई तिहाई मत चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here