महंगी,भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको जनप्रदर्शन
१६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ ।
मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली सुरु भएको हो ।
जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्