मलेसियामा ४,८३१ जना सङ्क्रमित,१० जनाको मृत्यु

२७ साउन, क्वालालम्पुर । मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यहाँ पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण बढेको पाइएको हो । त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको ज्यान पनि गएको छ ।

frontline

यहाँ भेटिएका पछिल्लो दिनका यी सङ्क्रमितहरु प्राय सबैजसो देशभित्रैका रहेका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ ।

त्यसैगरी सो मन्त्रालयले यहाँ अहिलेसम्म ४७ लाख भन्दा बढीमा सो सङ्क्रमण पाइएको पनि जनाएको छ ।

मलेसियाली सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरुमा मृत्यु दर भने निकै कम रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here