मन्त्रि रेनु लाई लखेट्न जनमत पार्टीको विशेष विस्तारित बैठक बस्दै

माघ २ रौतहट । जनमत पार्टी रौतहटको सचिव बिकास कुमार यादव ले एक सुचना प्रकाशित गर्दै जनमत पार्टी रौतहटको विशेष विस्तारित बैठक आवाहन गरेका छन।

जिल्ला सदरमुकाम गौर स्थित कर्मचारी मिलन केन्द्रको सभा कक्षमा भोलि सोमबार ११बजेको लागि डाकिएको उक्त बैठक भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेनु यादव बुधबार रौतहट आउने कार्यक्रम रहेको र जनमत पार्टीको किसानको माग सम्बोधन नभएसम्म मधेसमा कुनै पनि संघिय मन्त्रीलाई कार्यक्रम गर्न नदिने केन्द्रीय घोषित आन्दोलनको कार्यक्रम रहेकोले त्यसैका लागि मन्त्री रेनु यादवको कार्यक्रम बिथोल्न का लागि यो विशेष बैठक बोलाइएको विशेष सुत्र बाट जानकारी प्राप्त भएको छ।

frontline

जनमत पार्टी रौतहटले जारी गरेको सुचना यस प्रकार छ। विषय : बिशेष विस्तारित बैठक सम्बन्धमा ।

जनमत पार्टी रौतहटको तपसिलका मिति, समय र स्थानमा बिशेष विस्तारित बैठक हुने भएकाले जिल्ला का केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु, केन्द्रीय विभाग र मोर्चाका प्रमुख तथा पदाधिकारीहरु जिल्ला समन्वय समितिका पदाधिकारीहरू तथा सम्पुर्ण सदस्यहरू, जिल्लामा रहेका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु, भातृसंगठन का जिल्लामा रहेका केन्द्र, जिल्ला,नगर सम्मका पदाधिकारीहरू, पार्टी पालिका समिति का पदाधिकारीहरू,जिल्लाका १५८ वटै वडा समिति का अध्यक्ष र सचिवहरू, जिल्ला किसान आन्दोलन संघर्ष समिति का संयोजक देखि सम्पूर्ण सदस्यहरू, यस जिल्लाका विषेश समिति, जनवर्गीय तथा शुभेच्छुक संगठन, वरिष्ठ नेतृत्व मण्डल, मधेश नेतृत्व पुञ्ज र विभागका प्रमुख तथा सदस्यहरु यस विशेष विस्तारित बैठकमा अनिवार्य उपस्थितिको लागि यसै सुचना मार्फत अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here