मनिलाका मेयरद्धारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी दिने

मनिला, ६ असोज (रासस÷सिन्ह्वा) ः फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उहाँले बुधबार औपचारिक गर्नु भएको हो ।

frontline

उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक ¥याली निकाल्नु भएको थियो । नगरपालिका भित्रको अति गरिव क्षेत्रमा निकालिएको ¥यालीपछि आयोजित घोषणा सभामा उहाँले आफू विजयी हुने दाबी गर्नुभयो ।

लोकप्रिय युवा राजनीतिज्ञ डोमागोसोले सवैको साथले आफू विजयी हुने र सरकारलाई पनि सवै मिलेर सफल बनाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने उहाँ तेस्रो नेता हुनुहुन्छ ।

यसअघि सिनेटर मन्नी पाक्वीयो र पान्फीलो लाक्सोनले पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here