मध्यपहाडी राजमार्ग सञ्चालनमा

रासस भदौ १३ । पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । निरन्तर भइरहेको वर्षाले मोदी गाउँपालिका– ६ बेतनीमा पहिरो झरेर आज बिहानैदेखि रोकिएको सडक केहीबेर अघिदेखि सुचारु भएको हो । पहिरोले रोकिएको सडक सुचारु भएपछि कास्कीको नयाँ पुल र पर्वतको डिमुवामा रोकिएका सवारीसाधान गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो ।

यसैबीच निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । सडक माथिबाट लगातार पहिरो झर्ने क्रम नरोकिएपछि मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । लोकमार्गको पर्वत–बागलुङ खण्ड र पर्वत–पोखरा खण्डका ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएको हो । यो खण्डअन्तर्गत पर्वतको नयाँ पुल, सहस्रधारा, अर्मादी, र रिठेखोलामा सडक माथिबाट ढुङ्गा, माटो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here