मधेसको अधिकार दिलाउनेमा अह्म भूमिका जसपाको -पुर्व प्रदेश सांसद यादवले बताए ।

Exif_JPEG_420

मेवालाल यादव , रौतहट 

कार्तिक १३ 

frontline

रौतहटको परोहा नगरपालिका वडा नं.३ तेजापाकड गाउँ स्थित स्व:नारद कुमार सिहंको घरको प्राङ्गणमा नगर स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।

Exif_JPEG_420

जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता तथा रौतहट चर्चित बिधायक ( पुर्व प्रदेश सान्सद ) रामकिशोर प्रसाद  यादवको प्रमुख आतिथ्यमा जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी द्वारा आयोजित कार्यक्रम विच परोहा नगरपालिकाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । 

Exif_JPEG_420

कार्यक्रमलाई प्रमुख अतिथि रामकिशोर प्रसाद  यादवले सम्बोधन गर्दै मधेस प्रदेशका नागरिक पहाडी जिल्लामा पहिचान गराउन राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको महत्त्वपूर्ण भुमिका रहेको जिकिर गर्नु भयो । मधेस प्रदेशको पूर्व मुख्यमन्त्री मो.लालबाबु गद्दीले समाजमा रहेको महिला बालबालिकाको लागि सबैभन्दा पहिलो साइकल तथा जन्मेको बालिकाको लागि शिक्षा बिमाको सुरुवात गरेको पहिलो पार्टी जनता समाजवादी पार्टी नेपाल रहेको जिकिर पुर्व प्रदेश संसाद यादवले बताए । भोलीको दिनमा मधेस प्रदेशमा बसोबास गर्ने थारु,दलित,चमार,मुस्लिम समुदायको ब्यक्ति प्रधानमन्त्रीको दाबेदार रहने बताएका हुन। आउंदो २०८४ सालमा मधेस प्रदेशमा सिङ्गो सरकार जनता समाजवादी पार्टी नेपालको रहने प्रतिबद्धता जनाएको छ । बिरगंजमा भएको हत्या काशी राम तिवारीको प्रमुख एजेन्डा मा.प्रभु साह तथा योजनाकार कटहरिया नगरपालिकाका पूर्व नगर प्रमुख सियाराम कुशवाहा रहेको साथै रु.१५ लाखौंलाख रुपैयाँको हस्ताक्षेप रहेको जिकिर पूर्व प्रदेश सांसद यादवले बताए । मधेस प्रदेशको पहिचान बनाउनमा सबैभन्दा अह्म भूमिका यस पार्टीले निर्वावाह गरेका छन्। पहाडी समाजमा धुती भन्ने र बोलाउने काम पहाडीले गर्थ्यो पहिला र जसपा पार्टीको देन छ कि मधेसको पहचान गराउने र मधेसको अधिकार दिलाउनेमा प्रमुख भूमिका रहेको यादवले बताए ।

Exif_JPEG_420

परोहा नगरपालिकाको वडा -१ देखी- ९ सम्मको उपस्थिति बिच परोहा नगर तदर्थ समितिको अध्यक्ष  पदमा धर्मेन्द्र  यादबको अध्यक्षतामा २१सदस्यीय नगर तदर्थ समिति चयन गरिएको छ ।

सो कार्यक्रममा  विशिष्ट अतिथि पूर्व जिल्ला समन्य समितिको उपाध्यक्ष राम आशिष यादव,चुलाई यादव केन्द्रीय सदस्य,विश्वनाथ पटेल केन्द्रीय सदस्य,अतिथि किरण ठाकुर केन्द्रीय सदस्य,दिनेश यादव केन्द्रीय सदस्य,जयराम जिल्ला सचीव ,मो.अनवर हासमी प्रदेश सदस्य तथा प्रादेशिक अस्पतालगौरको ब्यवस्थापन समितिको अध्यक्ष , मो.कलाम प्रदेश सदस्य लगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतका परोहा नगरपालिका अन्तर्गतका विभिन्न वडाका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सो निर्णयबाट २१ सदस्यीय गठन गरिएको यस प्रकार छ् । 

१.धर्मेन्द्र राय यादव – अध्यक्ष

२.विरेन्द्र दास तत्मा – उपाध्यक्ष 

३.अनिल साह – उपाध्यक्ष 

४.राम प्रवेश राय यादव – सचिव 

५.उप सचिव 

६.उप सचिव 

७.विवेक कुमार सिहं कानु – कोषाध्यक्ष 

८.सदस्यहरु :- सत्यनारायण सिहं,अबु महम्मद,शशी कपुर सहनी,संन्जय राय यादव,रिना देवी पासवान,मंन्जु देवी,अमिन्द्र पटेल,महम्मद एक्रामुल हक लगायतहरु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here