मधेशी कम्युनिटी भिक्टोरियाको नेतृत्व मा रंजित साह, अष्ट्रेलिया भरिकै मधेशीहरुको एउटै छाता संगठन

मेलवर्न, अष्ट्रेलिया
भिक्टोरिया राज्यको मधेशीहरुको संगठन मधेशी कम्युनिटी इन भिक्टोरिया ( MCV) को अध्यक्षमा रंजित साह चयन भएका छन् ।
भिक्टोरिया राज्यको राजधानी मेलवर्नमा १७ फेब्रुअरी शनिवारका दिन भएको वार्षिक साधारण सभा मार्फत साह सर्वसम्मतले अध्यक्ष पदमा चयन भएका हुन् ।
सभामा अध्यक्ष चयन भएपछि साहले संस्थाको वार्षिक कार्यक्रमलाई निरन्तरता दिदै नयाँ कार्य समितिले थप सामाजिक कार्यक्रमहरु ल्याउने जनाउनु भयो । भिक्टोरियामा मधेशी समुदायको उपस्थिती बाक्लिदै गएकोले आफ्नो संस्कृति, परम्परा र चाडपर्वको विशेष कार्यक्रमको आयोजना गर्ने पनि बताउनु भयो ।

frontline


संस्थाको उपाध्यक्षमा राजेश जयसवाल, सचिवमा दिपेन्द्र चौधरी र कोषाध्यक्षमा एकता जयसवाल चुनिए । त्यसतै कार्यसमिति सदस्यहरुमा आर्यन सुरज राउत, संजय कुमार मंडल, राज शर्मा, बाबु यादव, अंकित कुमार सिंह, धिरेन्द्र यादव र संजिव जयसवाल रहेका छन् । सबै पदाधिकारी सर्वसम्मतले चुनिए ।
वार्षिक सभाका अध्यक्ष तथा एमसिभिका निवर्तमान अध्यक्ष डा. सुरेन्द्र रौनियारले आफ्नो कार्यकालको उपलब्धि र कार्यगत विवरण सुनाउदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभयो । त्यस्तै निवर्तमान कोषाध्यक्ष प्रमोद पटेलले संस्थाको हर-हिसाब विवरण सार्वजनिक गर्नुभयो ।

वार्षिक सभाका प्रमुख अतिथि तथा एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) का अध्यक्ष रंजित साहले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना सहित छिट्टै पहल गरेर अष्ट्रेलिया भरिकै सबै राज्यमा रहेका मधेशीहरुको संस्थालाई एउटै छाता मुनी ल्याउन पहल गर्ने र सबैलाई समेटेर एउटा एकिकृत संस्था बनाउने योजना सुनाउनु भयो । अहिले न्यु साउथ वेल्समा एन्टा, भिक्टोरियामा एमसिभि र क्यानवेरामा रितेश कुमारको नेतृत्वमा मधेशी सोसाइटि इन क्यानवेरा (एम एस सी) संस्थाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here