मधेश प्रदेशमा थप एक राज्यमन्त्री
२३ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारले एक जना राज्यमन्त्री थप गरेको छ । नेकपा (एकीकृत समाजवादी)का सांसदलाई राज्यमन्त्री बनाइएको हो ।
आइतबार बिहान एकीकृत समाजवादीका सांसद नागेन्द्र राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराइएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई राज्य मन्त्रीको शपथ गराएका हुन् ।
त्यस अवसरमा सभामुख सरोज कुमार यादव र केही मन्त्रीहरूको सहभागिता रहेको थियो ।
म्धेश प्रदेश सरकारमा एकीकृत समाजवादीले दुई वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ ।
सुरुमा दुई मन्त्रालय पाएको एकीकृत समाजवादीले एक राज्यमन्त्रीको माग गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्