मधेश प्रदेश” नामकरणमा जसपा नेपालको अहम भूमिका-मुख्यमंत्री लालबाबु राउत गद्दी

मेवालाल यादव
रौतहट, कार्तिक १२ गते ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा जसपा नेपालको विस्तारित बैठक, शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल बौधिमाइ नगर कमिटीको आयोजकत्वमा जनता संग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत विस्तारित बैठक, पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम नगरपालिकाको मध्य भाग भोवाली चौकमा सम्पन्न भएको हो ।

Exif_JPEG_420

frontline

जसपा नेपाल बौधिमाई नपाको नगर कमिटी अध्यक्ष हृदय नारायण राय यादवको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) पार्टी परित्याग गरि दर्जनों का संख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालमा पार्टी प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरुमा नगरपालिकाको वडा नं. ५ कोपवाका करिब तीन दर्जन भन्दा बढ़ी युवाहरु सहित सरमुजवाका नेकपा एस पार्टीका कार्यकर्ताहरु जसपा नेपालमा पार्टी प्रवेश गरेका छन।

नवप्रवेशि नेता कार्यकर्ता एवं सम्पूर्ण युवाहरूलाई प्रमुख अतिथि जसपा नेपालको महासचिव, मधेश प्रदेश सरकारको पूर्व एवं प्रथम मुख्यमंत्री मोहम्मद लालबाबु राउत गद्दी सहित केन्द्रीय सदस्य एवं पूर्व प्रदेश सांसद रामकिशोर प्रसाद यादव र बौधिमाईको पूर्व मेयर राजिव रंजन यादवले संयुक्त रुपमा टिका लगाई फूलमाला र दोसाला ओढाएर स्वागत गर्नुभएको छ।
विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालको नीतिलाई स्मरण गराउदै पार्टीको उन्नतिका लागि काम गर्ने प्रतिबद्धता सहित सबै तहमा जनताको हितका लागि काम गर्ने र समाजमा न्याय, समानता, र विकासका मुद्दामा आवाज उठाउने अठोट सहित पार्टी प्रवेश गर्ने सम्पूर्ण नव प्रवेशीलाई प्रमुख अतिथि पूर्व मुख्यमंत्री राउतले शुभकामना दिदै पार्टीमा स्वागत गरेका छन । साथै देशको सात प्रदेश मध्ये एक मात्र पहिचान सहितको प्रदेश “मधेश प्रदेश” नामकरणमा जसपा नेपालको अहम भूमिका रहेको बताएका छन । मधेश प्रदेशमा जसपा नेपालको पाँच वर्षे कार्यकालमा आफु मुख्यमंत्री हुदा विभिन्न जनतामुखी कार्यक्रमहरु – बेटी पढाउ, बेटी बचाऊ अभियान अन्तर्गत साइकल वितरण, व्याग तथा ल्यापटप वितरण, छोरी बीमा, छोरीको लागि लोकसेवा आयोग सञ्चालन जस्ता विभिन्न कार्यक्रमको अवधारणा ल्याएको बताए । त्यतिकै मात्र नभएर प्रदेशको प्रत्येक विधान क्षेत्रमा ५ किलोमीटर कालोपत्रे सड़क निर्माण अभियान, जातीय आरक्षण, प्रत्येक वर्ष माघ ५ गते हुने बलिदानी दिवसको अवसरमा सहिद परिवारहरुलाई सम्मान कार्यक्रम अन्तर्गत ३ लाखका दरले नगद वितरण कार्यक्रम, मधेश प्रदेशमा वन संबंधित अध्यादेश जारी गरि ऐन कानून बनाई प्रदेश अन्तर्गतका वनलाई सुरक्षित गरेको उहाँले बताए ।

जनताले खोजेको संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सम्पूर्ण जनसमुदायले आउदो निर्वाचनमा बौधिमाई नगरपालिकाको मेयर पदमा पुनः राजीव रंजन यादवलाई तथा प्रदेश सांसदमा किशोरी यादवलाई निर्वाचित गराई जसपा नेपाल पार्टिको केन्द्रसम्म बहुमत ल्याई सफल हुन र आफ्नो हक अधिकारको सुनिश्चितता गर्न उपस्थित सम्पूर्णमा पूर्व मुख्यमंत्री राउतले अनुरोध गरेका छन ।

विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रमको मूल उद्देश्य
जनतासँग निकट रही पार्टीलाई अझै सशक्त र संगठनलाई बलियो बनाउने रहेको कार्यक्रमका विशिष्ट अतिथि पूर्व प्रदेश सांसद रामकिशोर प्रसाद यादवले बताएका छन । साथै उनले नव प्रवेशिहरुलाई पार्टिमा स्वागत सहित अग्रिम कार्यकालको शुभकामना दिनु भएको छ ।


जसपा नेपालको यस आधारभूत संगठन निर्माण अभियान कार्यक्रमले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्य राखेको छ। साथै युवाहरुको यस पार्टी प्रतिको लगनशीलता तथा पार्टी प्रवेश कार्यक्रमले युवा शक्तिलाई थप ऊर्जा प्रदान हुने तथा भविष्यमा पार्टीलाई उचाइमा पुर्‍याउने अपेक्षा गरिएको जिल्ला अध्यक्ष श्यामबिहारी यादवले बताएका छन ।

बौधीमाइ नगरपालिका पुर्व नगर प्रमुख राजिव रन्जन यादवले कार्यक्रमलाई सम्बोधन गर्दै जसपाले मात्र समग्र मधेशी जनताले खोजेको संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सक्ने बताउनु भयो । बौधिमाई नगरपालिकाले नयाँ नेतृत्व पाए देखी नै अस्तव्यस्त रहेको बताउदै हालको मेयर प्रदीप यादवले बिकास निर्माणको कार्यमा बाधा पुर्याउनु र प्रतिपक्षमा रहेको नगरबासीहरुलाई विभिन्न मुद्दामा अल्झाउनु बाहेक अरु केहि गर्न नसकेको आरोप लगाएका छन । आफु मेयर हुदा नगरबासीको हकहित सहित समग्र नगर बिकासको लागि पहल गर्दै ल्याएका विभिन्न योजनाहरुलाई अवरोध गरि कामकाज ठप्प परेको तथा आफ्नो अढाई वर्षे कार्यकालमा आफु कुनै पनि ठोस कार्य गर्न नसकेको बताएका छन । नगरको नेतृत्व परिवर्तनले बिकास हुनुपर्ने ठाउँमा नगरको बिनास भइरहेको पूर्व मेयर यादवको भनाई रहेको छ । मेयर प्रदीप यादवले चुनावी प्रतिस्पर्धामा जनतासामु विभिन्न झूठा आश्वासन दिएर बौधिमाईका सोझा-साझा जनताहरुलाई ठगेको तथा अहिले सम्पूर्ण नगरबासीको जनप्रतिनिधि भएर पनि जनताहरुलाई दुःख दिने कार्य गरिरहेको प्रति खेद प्रकट गरेका छन । साथै जनताहरुले आउदो निर्वाचनमा त्यस्ता बहुरूपियालाई चिनेर नेतृत्व चयन गर्न अपिल गरेका छन ।

कार्यक्रमको स्वागत मन्तव्यमा जसपाको युवा नेता गजाधर यादवले गर्नु भएको थियो भने उद्घोषणा कार्य युवा नेता काशीराम पासवानले गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय पूजा चौधरी, जसपा नेपालको केन्द्रिय सदस्य एवं पूर्व राज्यमंत्री योगेन्द्र राय यादव, निर्वाचन समिति सदस्य बिश्वनाथ पटेल, समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेल, देवाही गोनाही नगरपालिका मेयर प्रत्याशी धर्मेन्द्र पटेल, पूर्व जिल्ला समन्वय समिति रौतहटको उपसभापति राम आशिष यादव, युवा नेता विवेक कुमार यादव, वडा अध्यक्ष रामजोधि राउत, मणिभूषण साह, नरेन्द्र कुमार सिन्हा, नगर उपाध्यक्ष मोतिम हाशमी, नगर सचिव रामाकान्त कुमार पटेल,जसपा बौधिमाई नपाको नगर कमिटी सदस्यगण लगायत हजारौंको संख्यामा नेता,कार्याकर्ता एवं सर्वसाधारण सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here