मतदान गर्न, उपत्यका बाहिरिने नाकामा भीडभाड

फाइल फोटो

३ मंसिर, काठमाडौं । आफ्नो थातथलो गएर मतदान गर्नेहरुको भीडले बाहिरिने नाकामा भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ । अरुबेला राजनीतिप्रति वितृष्णा पोख्नेहरु पनि यतिबेला आफ्ना थातथलो गएर मतदान गर्न उत्सुक छन् ।

उनीहरु कोही रहर त कोही कहरले जानुपरेको बताउन चुक्दैनन । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आ–आफ्नो क्षेत्रका उम्मेदवार चयनका लागि मतदान गर्न जानेको भीड लाग्न थालेको छ ।

frontline

शनिबार बिहानैदेखि काठमाडौको तीनकुनेदेखि कोटेश्वरसम्म पार्टीले आफ्ना मतदातालाई ओसार्न रिजर्भ गरेका गाडीको भीड लागेको छ ।

तर त्यही भीडमा केही मतदानको लागि निकै उत्साही देखिन्थे भने कोही राजनीतिक दलको गतिविधिसंग निराश भए पनि आफ्नो मताधिकार प्रयोग गर्नकै लागि मात्र गाउँ जाँदैछन् ।

देश संघीयतामा गएपछि दोस्रो पटक हुन लागेको संघीय निर्वाचनमा पनि पुरानै राजनीतिक दल र नेताहरु प्रतिनिधि भएको भन्दै उत्साही नभएको मतदाताहरु बताउँछन् ।

कोही भने आफु काठमाडौंमै बसोबास गर्दे आएकोले आफ्नो क्षेत्रको विषयमा खास जानकार नभएको भन्दै प्रतिनिधिको आग्रहको कारण मतदानमा सहभागी हुन जान लागेको बताउँछन् ।

कोही भने आफ्नो निर्वाचन क्षेत्रमा आफूले चाहेजस्तै उम्मेदवार भएकोले मतदानमा सहभागी हुन लागेको बताउँछन् । कसैलाई नातेदार उम्मेदवार नै उम्मेदवार हुँदाको खुसीले उत्साही बनाएको छ ।

यसअघिको संघिय निर्वाचनमा जनताले धेरै अपेक्षासहित आफ्नाे क्षेत्रका प्रतिनिधिहरुलाई निर्वाचित गराएका थिए । तर पाँच वर्षको अवधिमा कुनै पनि राजनीतिक दलले आफ्रनो प्रतिबद्धता पुरा नगरेको गुनासो मतदाताको छ । उनीहरु राजनीतिमा नयाँपुस्ताको हस्तक्षेपको पक्षमा छन् ।

निर्वाचनका लागि शुक्रबारसम्मा करिब ६ लाख नागरिक उपत्यकाबाट बाहिरिएका छन् । सन्तुष्टि, असन्तुष्टि जे भए पनि लोकतन्त्रको सौन्दर्य मानिने आफ्नो जनप्रतिनिधि आफैं चुन्ने चुनावी प्रक्रियामा जनताको उत्साहजनक सहभागिता आफैंमा सुखद पक्ष हाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here