मटिहानी गुठीका महन्त जगन्नाथ दास वैष्णव किर्ते आरोपमा पक्राउ

३ पुस, जलेश्वर । प्रहरीले महोत्तरीको मटिहानी गुठीका महन्त जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार महन्त वैष्णवले रुपन्देहीस्थित मेगा बैंक शाखाबाट ७० लाख रुपैयाँ किर्ते गरी झिकेको आरोपमा लक्ष्मीनारायण मठबाट आज बिहान पक्राउ गरिएको हो ।

frontline

महन्त वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको ७० लाख रुपैयाँ मौज्दात भएको खाता सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी खाताबाट सो रकम झिकेको आरोपमा महन्तलाई पक्राउ गरिएको हो ।

सरकारी हस्ताक्षर किर्ते गरेको आरोपमा पक्राउ गरिएको महन्तलाई आवश्यक कारबाहीका लागि रुपन्देही पठाइएको महोत्तरीका प्रहरी उपरीक्षक पंगेनीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here