मकवानपुरमा आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

काठमाडौं । मकवानपुरमा आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले थाहा नगरपालिका वडा नम्बर ६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

frontline

उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीका अनुसार राजुले ती बालिकालाई आफ्नै घरमा फकाएर लगेका थिए।

उनले घरमा लगेर यौन दुर्व्यवहार गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन थाहा

poster-here