मंकीपक्स ७५ देशमा फैलिएपछि विश्वव्यापी रुपमा स्वास्थ्य आपतकाल घोषणा

८ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठनले मंकीपक्स विभिन्न ७५ देशमा फैलिएपछि मंकीपक्स विरूद्ध विश्वव्यापी रुपमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबै भन्दा उच्च तहको चेतावनी जारी गरेको हो । यस भाइरसका विषयमा डब्ल्यूएचओको आपतकालिन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा गरिएकाे हाे ।

frontline

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससका अनुसार विश्वभर १६ हजार भन्दा धेरै मंकीपक्सबाट संक्रमित भएको पुष्टि भइसकेको छ ।

मंकीपक्कका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । डा. टेड्रोसका अनुसार आपतकालिन समितिमा मंकीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भन्ने कि नभन्ने विषयमा सर्वसम्मति भने हुन सकेन ।

तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेकाले त्यसलाई अन्तर्राष्ट्रिय चासोको विषय हुने भएकाले विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको उहाँले बताउनुभयो ।

मंकीपक्स राेगबाट युरोप नै सबै भन्दा उच्च जोखिममा परेको र अन्यत्र पनि फैलिने क्रम बढेको डब्ल्यूएचओले विश्लेषण गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here