भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्ने मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह

 समाचार सारांश

  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे।
  • उनले भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको सम्भावना रहेको बताए।
  • मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलले सूचना प्रविधि, व्यापार लगायतका क्षेत्रमा चासो देखाए।

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । 

frontline

नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन । उनले नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै थप लगानी गर्न अनुरोध गरे ।

‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान राम्रो तयारी गरी गरी अघि बढ्नुहोस् ।सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्री पौडेलले भने ।

प्रतिनिधि मण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए ।

प्रतिनिधि मण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी रहेका थिए ।

#आग्रह #लगानी #अर्थमन्त्री #पर्यटन

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here