भोली देशका चार प्रदेशमा वर्षाको सम्भावना

१९ कात्तिक, काठमाडौं । आइतबार दिउँसो देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

frontline

ती क्षेत्रबाहेक केही पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार रातको समयमा गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

साथै देशका बाँकी पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा विभागको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here