भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
११ मंसिर, बुटवल । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना बाँकेका हुन् ।
कात्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते अस्पताल भर्ना भएकी कोहलपुर ११ की ६४ वर्षीया महिलाको शुक्रबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै कोहलपुरकै ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको बांकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्