भूकम्प पीडितको उद्धारका क्रममा बितेका अमेरिकी सैनिकको छाउनीमा सम्झना

दश वर्षअघि महाभूकम्पको बेला पीडितहरुको उद्धारमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका आठ सैनिकको सम्झनामा काठमाडौंस्थित अमेरिकी दूतावासले श्रद्धाञ्जली सभा गरेको छ । 

आज छाउनीस्थित वीर स्मारकमा नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसन र नेपाली सेनाका उपरथी किरण केसीले उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्यूडको महाभूकम्पमा परेर झण्डै नौ हजार नागरिकले ज्यान गुमाएका थिए । 

frontline

भूकम्पपछि राहत र उद्धारका लागि विभिन्न देशले नेपाललाई सहयोग गरेको थियो । सोही क्रममा उद्धारका लागि खटिएको अमेरिकी सेनाको हेलिकप्टर दोलखा र सिन्धुपाल्चोकको सीमानामा पर्ने सिन्दूरे डाँडामा दुर्घटनामा परी सम्पर्कविहीन भएको थियो । सो हेलिकप्टरमा ६ अमेरिकी र दुई नेपाली सैनिक थिए । 

दूतावासले भनेको छ, ‘क्याप्टेन डस्टिन लुकासेविज, क्याप्टेन क्रिस्टोफर नग्र्रेन, सर्जेन्ट वार्ड जोनसन, सर्जेन्ट एरिक सिमन, कर्पोरल सारा मेडिना, लान्स कर्पोरल जेकब हग, मेजर तपेन्द्र रावल र वारन्ट अफिसर प्रथम बसन्त तितराले मानवताको सेवामा आफ्नो जीवन बलिदान गरे । हामी उनीहरुको विरासतलाई सधैं सम्मान सम्झिने छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here