भुटान एक्कासी बाढी, हिमताल फुटेको आशङ्का

काठमाडौं । भुटानको गासा जिल्लास्थित शिन्ताफु हिमताल फुटेको आशङ्का गरिएको छ । बिहीबार साँझ पुनात्साङछु नदीमा एक्कासी बाढी आएपछि हिमताल फुटेको आशङ्का गरिएको हो । ठूलो बाढी आएपछि भुटानसँग सीमा जोडिएका भारतका पश्चिम बङ्गाल र असमका क्षेत्रमा सतर्कता अपनाइएको छ ।

वाकिला पर्वतको फेदीमा रहेको हिमताल फुट्दा करिब ७४ लाख घनमिटर पानी बाहिरिएको प्रारम्भिक विवरण सार्वजनिक भएका छन् । प्रारम्भिक विवरणअनुसार हिमतालबाट बाहिरिएको पानीको वास्तविक प्रभाव र क्षतिको पूर्ण विवरण आइसकेको छैन। भुटान र भारतका अधिकारीहरूले नदीको जलस्तर तथा पानीको बहाव निगरानी गरिरहेका छन्। घटनामा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन।

frontline

बाढीको बहावले भुटानको लाया क्षेत्र जोड्ने सडकको केही भाग बगाएपछि यातायातसमेत अवरुद्ध भएको बताइएको छ ।

भुटानबाट बग्ने पुनात्साङछु नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा बग्छ । नदीमा पानीको सतह अचानक बढ्न सक्ने भन्दै भारतको अलिपुरद्वार र असमको धुब्री जिल्लामा सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

पश्चिम बंगालमा संकोश नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ भने नदी किनारका बस्तीमा साइरन बजाएर स्थानीयलाई सचेत गराइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here