भिडियो एक्सरे सहितको स्वास्थ्य परिक्षण सोलुदुधकुण्ड

सोलुदुधकुण्ड नगरपालिकामा वडा स्तरमा भिडियो एक्सरे सहितको स्वास्थ्य परिक्षण शिविर जारी रहेको छ । बैशाख ९ गते गोराखानी स्वास्थ्य चौकीबाट सुरु गरिएको शिविर बैशाख २४ गते सम्पन्न हुने छ ।

नगरको आयोजनामा गोराखानीमा ९ र १० गते सञ्चालन गरिएको शिविर सामान्य स्वास्थ्य जाँच ११० जनाकोगरिएकोछ।ईसिजि१४, आँखाजाँच१०४, दन्तसेवा८१, ल्याबसेवा६१, भिडियोएक्सरे१४र २५० जनालाई निशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शाखा संयोजक चमर मगरले जानकारी दिए ।

frontline

त्यस्तै शिविर ११ र १२ गते टाप्टिङ स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको छ । टाप्टीङमा पहिलो दिन ११९ जनाको स्वास्थ्य परिक्षण, २० जनालाई ईसिजि सेवा, ७२ जनाको आँखा जाँच, ९३ जनाको दन्त सेवा, ९२ जनालाई ल्याब सेवा, १७ जनालाई भिडियो एक्सरे र १७० जनालाई निशुल्क औषधि वितरण गरिएको छ । वडा स्तरिय टाप्टिङमा दोस्रो दिन आज जनरल स्वास्थ्य परिक्षण १०९ जना, ईसिजि १८ जना, आँखा जाँच ७५ जना, दाँत सेवा ८२ जना, ल्याब सेवा ८६ जना, भिडियो एक्सरे ३ जना, निशुल्क औषधि वितरण २ सय जनालाई वितरण गर्नुका साथै ५३ जनको भिआईए जाँच गरिएको छ ।

शिविर बैशाख १३ र १४ गते केरुङ स्वास्थ्य चौकी, १६ र १७ गते टाक्सिन्दु स्वास्थ्य चौकी, १८ गते बेनी स्वास्थ्य चौकी, १९ गते तामाखानी स्वास्थ्य चौकी, २० गते शाही स्वास्थ्य चौकी जैदु, २१ र २२ गते तिङला स्वास्थ्य चौकी, २३ गते आधारभुत स्वास्थ्य सेवा केन्द्र खोरिया, र २४ गते गार्मा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here