भिडन्तमा ५० ‘रुसी अतिक्रमणकारी’ मारिए : युक्रेनी सेना जनरल स्टाफ

१३ फागुन, काठमाडौं । युक्रेनको सैन्य कमाण्डले सीमावर्ती क्षेत्रमा भएको भिडन्तमा परी ५० जना ‘रुसी अतिक्रमणकारी’ मारिएको जनाएको छ ।

युक्रेनी सेनाको जनरल स्टाफले ट्विटरमार्फत् ५० जना रुसी अधिक्रमणकारी मारिएको र थप एउटा विमान ध्वस्त पारिएको जानकारी दिएको हो ।

frontline

‘शासस्तया नियन्त्रणमा आइसकेको छ भने ५० जना रुसी अतिक्रमण मारिएका छन्’, ट्विटरमा भनिएको छ, ‘क्रामाटोर्स्क जिल्लामा थप एउटा रुसी विमान ध्वस्त पारिएको छ र त्यो छैटौं विमान हो ।’

यसअघि युक्रेनको सेनाले पाँचवटा रुसी जहाज र एउटा हेलिकप्टर खसालेको बताएको थियो । सेनाले आफ्नोतर्फ समेत हताहती भएको जनाएको छ ।

पछिल्लो भिडन्तमा आफ्ना पाँच जना सैनिक मारिएको युक्रेनको भनाइ छ । साथै, विभिन्न सहरमा रुसले गरेको बम र गोलाबारीमा कम्तीमा ८ जना सर्वसाधारणको ज्यान गएको छ ।

तर, रुसले भने विमान खसालेको भन्दै युक्रेनले गरेको दाबीलाई खण्डन गरिसकेको छ । त्यहाँको रक्षा मन्त्रालयले युक्रेनका सैनिक टुकडी र हवाइ प्रतिरक्षा प्रणाली पूर्ण रुपमा ध्वस्त पारेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here