भासिएको पुल नजिकैबाट दुईतर्फी डाइभर्सन, यात्रा अवधि छोटियो

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएको स्थान नजिकैबाट दुईतर्फी डाइभर्सन बनाएपछि यात्राको अवधि छोटिएको छ ।

पहिले पुल छेउँबाटै डाइभर्सन नहुँदा लामो यात्रा गर्नुपर्ने बाध्यता थियो । ‘गएरातिदेखि पुलको छेउँमै ह्युमपाइप राखेर दुईतर्फी डाइभर्सन बनेपछि करिब एक–डेढ घण्टा यात्रा छोटियो,’ नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने ।

frontline

पहिले पुल छेउँमै डाइभर्सन नहुँदा होङ्सी सिमेन्ट कारखानाको छेउ–छेउ हुँदै घुमाउरो यात्रा गर्नुपर्दथ्यो । ‘पुल छेउँबाटै गाडी गुड्न थालेपछि अब यात्रा पहिलेको जस्तै भयो,’ पोखरेलले भने ।

गत बिहीबार विनयी खोलाको पुल भाँचिएपछि यात्रा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here