भालुको आक्रमणबाट पाँचथरमा एक वृद्ध गम्भीर घाइते
९ मंसिर, पाँचथर । भालुको आक्रमणबाट पाँचथरमा एक वृद्ध गम्भीर घाइते भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका वडा ३ मा भालुले आक्रमण गर्दा सोही स्थानका ८२ बर्षीय रामकुमार राई गम्भीर घाइते भएका हुन् ।
स्थानीय ठेप्चे भन्ने ठाउँमा गोठमा बस्दै आएका वृद्ध राई वस्तु खोलेर खर्कतिर लैजाँदै गर्दा भालुले एक्कासी आक्रमण गरेको पाँचथर प्रहरीले बताएको छ ।
उनलाई भालुले शरीरका विभिन्न ठाउँमा टोकेर चोट पुर्याएको बताइएकाे छ । राईलाई उपचारको लागि यतिबेला सदरमुकाम फिदिम ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ ।
स्थानीयका अनुसार राई एक्लै गोठमा बस्दै आएका थिए ।






प्रतिक्रिया दिनुहोस्