भालुको आक्रमणबाट एक जनाको मृत्यु

२० पुस, अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

शितगंगा नगरपालिका वडा नं. २ झिर्रा ओखारी निवासी  ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको भालुको आक्रमणबाट बुधबार बिहान मृत्यु भएको  हो ।

frontline

आरनमा भाडा बनाउन झिर्रा आउने क्रममा ओखारीको जङ्गलमा भालुको आक्रमणबाट मृत्यु भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

भालुले झम्टिएको ठाउँमा स्थानीय पुग्दा भाटको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।

दिनमा नै भालुले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here