भारतीय सुरक्षाकर्मीको गोलीबाट मारिए ११ नागरिक

१९ मंसिर, नागाल्यण्ड । भारतको नागाल्याण्ड राज्यमा भारतीय सुरक्षाकर्मीको गोलीबाट कम्तीमा ११ नागरिक मारिएका छन् ।

नागाल्याण्डको मोन जिल्लास्थित तिरु र ओटिङ गाउँनजिकै सुरक्षाकर्मीको गोली लागेर ११ नागरिक मारिएका हुन् ।

frontline

उक्त घटनामा एकजना सिपाहीको मृत्यु भएको  भारतीय सेनाले जनाएको छ। सो घटनामा आफ्नो सिपाहीको मृत्यु भएपछि सेनाले तत्काल छानबिनको  आदेश दिएको छ। 

त्यहाँको  राज्य  सरकारले  घटनालगत्तै अनुसन्धानका लागि उच्चस्तरीय टोलि पठाइसकेको बताएको छ।

सो घटना शनिबार साँझ म्यानमार सीमा नजिकै भएको आइतबार प्रकाशित भारतीय मिडियामा उल्लेख छ ।

सुरक्षाकर्मीको गोली लागेर अन्य दुई नागरिक घाइते भएको बताइएको छ। नागाल्याण्डका मुख्यमन्त्री नेइपिउ रियोले आइतबार दुर्भाग्यवश् भएको सो घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

रिपोर्टकाअनुसार आतंकवादी अपरेसनअन्र्तगत सुरक्षाकर्मी सो क्षेत्रमा खटिएका थिए ।

सोहि क्रममा अन्धाधुन्ध गोली चल्दा दुर्गाग्यवश ११ नागरिकको मृत्यु भएको बताइएको छ।

सो घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले भारतीय मिडियासँग बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here