भारतीय सुरक्षा अधिकारी आउनासाथ किन छिरे पूर्व राजा होटलमा ?

पूर्व राजा ज्ञानेन्द्र हिजो दिउँसो २ बजे होटल सोल्टी पुगेर पौने ३ बजे निस्किएका छन् । आज बिहानदेखि जारी सगरमाथा संवादको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको छ जहाँ विश्वका पौने दुई सय पाहुना सहभागी छन् । सोही छेको पारेर उक्त होटलमा हिजो दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्य अवधेश बिहारी माथुर चेक इन भएसङ्गै पूर्व राजा ४५ मीनेट भित्रै हराएका हुन् ।

माथुर हिजो आइसी २१७ नम्बरको जहाजमा पौने एक बजे आएर सोल्टीमा बसेका छन् । सगरमाथा सँवादमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका वन तथा वातावरण एवम् जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले गरिरहेका छन् । यता भारतीय २६ औं  विदेश सचिव तथा नेपालका लागि पूर्व राजदूत श्यामशरण पनि काठमाडौं आएर द्वारिकाज होटलमा बसेको बताइन्छ ।

frontline

पहिले प्रहरी सेवामा रहेका माथुर पछि  मात्र भारतीय विदेश सेवामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here