भारतीय चालकको हत्या गरी चामल लुटपाट गर्ने समूह पक्राउ

बुधवार, भैरहवा । भारतीय चालकको हत्या गरी चामल लुटपाट गर्ने समूहलाई रुपन्देहीमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

साउन १७ गते भन्सार भई नेपाल आएको १८ लाख बढि मुल्य बराबरको चामल सहितको ट्रक र चालक सम्पर्कमा नरहेको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

frontline

प्रहरीले साउन २० गते नै सिद्धार्थनगर नगरपालिका वडा नं १३ डण्डा खोलामा पानीमा तैरिरहेको अवस्थामा चालक भारत महाराजगंज ग्राम एकडेगवा टोल बस्ने तौफिक अहमद पठानको सव फेला परेको थियो।

पठानको हत्यामा संलग्न रहेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालीका वडा नं ६ निवासी ३० वर्षिय सद्धाम कुजडा, सोही स्थानका २७ बर्षिय रिजवन भन्ने अलि मुसलमान, २८ वर्षका महेश कहार र तनहुँ शुक्लागण्डकी १० बस्ने २७ वर्षका सुनिल पौडेललाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको हो।

प्रहरीले लुटिएको चामलसहित हत्या र लुटपाटमा संलग्नहरुलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडी बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here