भारतमाथि फिफाद्वारा लगाएको प्रतिबन्ध फुकुवा

११ भदौ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

फिफाले पत्र लेखेर भारतको फुटबल संघलाई आगामी अक्टोबरमा हुने १७ वर्ष मुनीको महिला विश्वकपका लागि प्रतिबन्ध फुकुवा गरेको जनाएको छ।

frontline

प्रतिबन्ध फुकुवासँगै आउँदो अक्टोबर ११ देखि ३० सम्म यू-१७ महिला विश्वकप भारतमा हुने छ। त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउने छ।

फिफाले अगष्ट १५ मा एआईएफएफमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो। भारतले गत मंगलवार फिफाले राखेका मागलाई स्वीकार गरेको ब्यहोरासहित प्रतिबन्ध फुकुवाका लागि पत्र लेखेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here