भारतमा ७५ औं स्वतन्त्रता दिवस, प्रधानमन्त्री मोदीको सम्बोधन
आइतबार, काठमाण्डु । भारत १५ अगष्टका दिन ७५ औं स्वतन्त्रता दिवस मनाईरहेको छ । यस अवसरमा भारत सरकारले ७५ औँ स्वतन्त्रता दिवसको विशेष कार्यक्रम गरिरहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहानै राजघाट पुगेर महात्मा गान्धीको समाधिमा फूल चढाएका छन् ।
भारतको लालकिल्लामा विशेष समारोह गरिएको छ । त्यहाँको विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दैछन् ।
भारतभर अगष्ट १५का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । सन् १९४७ को अगष्ट १५ मा भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरि १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन ‘विभीषिका स्मृति’ दिवसको रुपमा मनाउने निणर्य गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्