भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

एजेन्सी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।

केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण भएको नयाँ भेरियन्टको पुष्टि भएको हो ।

frontline

नयाँ पुष्टि भएको भरियन्टको नाम ए वाइ वान डेल्टा प्लस राखिएको छ ।

डेल्टा प्लस भेरियन्ट डेल्टाको म्युटेशन हो ।

कोरोनाको दोस्रो लहरको समयमा भारतमा डेल्टा भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो ।

यो भेरियन्ट भारतको आन्ध्र प्रदेश, महाराष्ट्र, तेलङ्गनालगायतका ठाउँमा पुष्टि भएको छ ।

डेल्टाबाट नै म्युटेट भएर डेल्टा प्लस बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

तर, अहिलेसम्म यसको सङ्क्रमण त्यति जोखिमपूर्ण नदेखिएको वैज्ञानिकहरुको भनाइ छ ।

यो भेरियन्टबारे थप अनुसन्धान भइरहेको छ ।

यो भेरियन्ट पहिलो पटक गएको मार्चमा युरोपमा पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here