भारतमा ओमिक्रोन संक्रमितको संख्या २३ पुग्यो

२१ मंसिर, नयाँ दिल्ली ।  छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिन थालेको छ।

पछिल्लो पटक मुम्बाईमा थप दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन  संक्रमण पुष्टि भएको भारतीय अधिकारीहरुले जनाएका छन्

frontline

दक्षिण अफ्रिकाबाट आएका थप दुई जनामा ओमिक्रोन संक्रमण भेटिएको हो । यो सँगै भारतमा नयाँ भेरियन्टबाट संक्रमित हुनेको संख्या  २३ पुगेको छ ।

यसअघी राजस्थानमा ९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।  

भारतीय अधिकारीहरुका अनुसार महाराष्ट्रमा मात्र अहिलेसम्म १० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।  

कर्नाटकमा दुई जनामा, गुजरातमा १ जनामा र नयाँ दिल्लीमा १ जनामा संक्रमण पुष्टि भएको थियो।

भारतमा अहिलेसम्म २३ जनामा ओमिक्रोन संक्रमण देखिएको छ। 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here